कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २८ वर्षीया कोरोना संक्रमित युवतीको निधन भएको छ ।
इनरुवा-४ सुनसरीकी ती महिलाको शनिबार बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
उनलाई असोज ८ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कुनै दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ ।
आजै बिहान विराटनगर महानगरपालिका-३ घर भएकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।