काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)को कार्यकक्षमा मोबाइल फोन र अन्य विद्युतीय उपकरण लिएर जान निषेध गरिएको छ।
मन्त्रालय वा व्यक्तिगत भेटघाटका क्रममा खिचिएका तस्बिरहरूको आधारमा केही व्यक्तिले दुरुपयोगको प्रयास गरेपछि यस्तो निर्णय गरिएको हो।
“मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन आजको मितिदेखि कार्यकक्षभित्र मोबाइल र अन्य विद्युतीय उपकरण पूर्ण रूपमा निषेध गरिएको छ,” मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
उनले थप लेखेका छन्, ‘केही व्यक्तिले मन्त्रीसँगको सम्बन्धलाई दाबी गर्दै अनधिकृत लाभ लिन खोजेको सूचनाले सचिवालय टोलीको ध्यानाकर्षण गराएको छ।’