इनरुवा (सुनसरी) – सुनसरीको रामधुनीनगरपालिका–५ मा सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए अनुसार, मृत्यु हुने व्यक्ति रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा हुन्।
प्रहरीका अनुसार, नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको थियो। सो दुर्घटनामा इटहरी–१८ का ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन्। घाइते बुढाथोकीको उपचार विराटनगरमा भइरहेको छ।
दुर्घटना पूर्व–पश्चिम राजमार्गअन्तर्गत रामधुनीनगरपालिका–५ स्थित लगुना मोडमा, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिकअप गाडीले ठक्कर दिने क्रममा भएको हो।
गाडी र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।