काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको औपचारिक भ्रमणमा रहेकी छन्।
भ्रमणका क्रममा उनले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी र स्थानीय बासिन्दाप्रति आभार व्यक्त गरेकी छन्। निर्वाचन व्यवस्थापन, सुरक्षा संयोजन तथा स्थानीय तहको सक्रिय सहकार्यका कारण प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै उनले सबै पक्षको योगदानको उच्च प्रशंसा गरिन्।
भ्रमण तालिकाअनुसार प्रधानमन्त्री कार्कीले रारा ताल क्षेत्रको अवलोकनसमेत गरेकी छन्। प्राकृतिक सौन्दर्य र पर्यटनको दृष्टिले महत्वपूर्ण मानिने उक्त क्षेत्रको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको सन्देश उनले दिएकी छन्।