विश्वको सबैभन्दा बढी फेम र पैसा हुने उद्योग खेल र फिल्म जगत नै हो । कैयौंपटक यी दुई अलग अलग उद्योगबीच प्रेम सम्बन्ध पनि देखिएको छ । कैयौं क्रिकेटर र बलिउडका अभिनेत्रीहरुले विवाह गरेका छन् र वर्तमान अवस्थामा उनीहरु खुशीको जीवन बिताइरहेका छन् । त्यसो त यही क्षेत्रमा यस्ता कैयौं जोडी छन्, जो प्रेम चर्चामा थिए तर विवाहमा पूर्णता दिन सकेनन् ।
यो सूचीमा पहिलो नाम महेन्द्रसिंह धोनीको आउँछ । उनी तमिल अभिनेत्री र मोडल लक्ष्मी रायसँग डेटमा थिए । लामो समयसम्म अफेयरमा रहे पनि उनीहरुले वैवाहिक जीवनमा आफूलाई पुर्याउन सकेनन् ।
टिम इण्डियाका हेड कोच रवी शास्त्रीको नाम पनि एक समय सैफ अली खानकी पूर्व पत्नी अर्थात अमृता सिंहसँग जोडिएको थियो । उनीहरुले मिडियाका अगाडि आफूहरुको सम्बन्धलाई स्वीकारेका पनि थिए । तर यो सम्बन्ध असफल भयो किनकी सन् १९९० मा रविले रितु सिंहसँग विवाह गरे । यता अमृताले अभिनेता सैफसँग लगनगाँठो कसिन ।
टिम इण्डियाका सबैभन्दा हेण्डसम क्रिकेटरमध्येका एक युवराज सिंहको फ्यान फलोइङ उल्लेख्य छ । उनले अभिनेत्री हेजल कीचसँग विवाह गरे । तर एक समय उनको नाम अभिनेत्री किम शर्मासँग जोडिएको थियो ।
पाकिस्तानी क्रिकेटर वसीम अकरम र बलिउड स्टार अभिनेत्री सुस्मिता सेनको प्रेम सम्बन्धले पनि एकता सञ्चारमाध्यममा खुबै छाएको थियो । तर यो जोडीले विवाह गर्न पाएनन् ।
बोल्ड लुक्सका कारण चर्चामा आउने अभिनेत्री सोफिया हयातले रोहित शर्मासँग डेटिङ गरिन् । जुन कुरा सोफिया आफैंले सन् २०१२ मा खुलासा गरिन् । तर उनीहरु केही समयपछि अलग्गिए ।
दक्षिण भारतीय अभिनेत्री नगमा र क्रिकेटर सौरभ गांगुलीको अफेयर पनि एकसमयमा खुबै चर्चामा थियो । त्यो समयमा उनीहरुले कोलकताको एक मन्दिरमा पुजा गरेको समाचार पनि आएको थियो । यो त्यो मन्दिर हो, जहाँ प्रेम जोडीले मात्र पुजा गर्न पाउछन् । नगमाले आफूहरुको सम्बन्धमा कैयौंपटक स्वीकार पनि गरेकी थिइन् । तर सौरभले यसलाई सार्वजनिक रुपमा स्वीकार्न सकेनन् ।
पछिल्लो समयमा यस अनलाइनमा प्रकाशित भएका खोजमुलक समाचारहरु कपि गरेर आफ्नो साइटमा राख्ने पाइएको हुनाले केटीएम दैनिकको अनुमतिबिना कपी नगर्नुहोला । अन्यथा नेपालको प्रतिलिपी अधिकार ऐन र सामाजिक सञ्जाल फेसबुकको Intellectual Property Right अनुसार उजुरी गरिने व्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ ।