काठमाडौँ – प्रतिनिधि सभा निर्वाचनसहितका लागि सरकारले फागुन २४ गतेसम्म लगातार सार्वजनिक बिदा दिएको भए पनि मतदानका दिन र शनिबारबाहेक यस अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने भएको छ।
सरकारले चुनावका लागि २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने भोलिपल्ट २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेका छन्।
तर उक्त अवधिमा पर्ने मतदान हुने दिन र शनिबारबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने जानकारी सर्वोच्च अदालतले गराएको छ।