काठमाडौं, २० भदौं । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) पनि देशका धेरैजसो स्थानमा मौसम बदली भई मेघगर्जन र चट्याङसहित बर्षा हुने जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ ।
हाल देशभरका प्रदेश–१ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बलदी भइरहेको र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको अवस्था रहेको मौसम पूर्वानुमानमा महाशाखाले जनाएको छ । प्रदेश–१, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
यस्तै शनिबार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बाग्मती प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै शनिबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, गण्डकी प्रदेश, तथा प्रदेश–५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।