काठमाडौँ । चन्द्रपुर नगरपालिका-१० अन्तर्गत चपुर-गौर सडक खण्डको बालचनपुरमा गए राति ट्याक्टर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
गरुडाबाट बालचनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरले चन्द्रपुरबाट गरुडातर्फ जाँदै गरेको प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रौतहट गढिमाई नगरपालिका–४ सुन्दर पुरका मोटरसाइकल चालक ५० वर्षीय प्रमोद साह कानुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार ६५ वर्षीय जोगिन्द्र हजारा पासवानको टाउकोमा गम्भीर चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेकाले वीरगन्ज रिफर गरिएका छ भने घटनामा संलग्न दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार रहेको छ ।