काठमाडौँ । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर-५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बा.प्र.०३-००५ प ७९८० नम्बरको मोटरसाइकल झण्डै ४०/५० मिटर तल बुङदल खेलामा खसेर दुर्घटना भएको छ । अहिले घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।