काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा संकलन गरिरहेको छ । सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको बाँड्दै न्यानोपन जोड्दै आफ्नोपन अभियान अन्तर्गत न्यानो कपडा संकलन भइरहेको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले बताए । अभियान अन्तर्गत यस डेभलपमेन्ट बैंकका १० वटा क्लस्टर मार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो प्रभावित नागरिकलाई प्रदान गरिने छ ।
यो अभियानमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट पनि ज्याकेट लगायत न्यानो कपडा उपलब्ध गराइनुका साथै बैंकका कर्मचारी, ग्राहक र इच्छुक जो कोहीबाट न्यानो कपडा संकलन गरिने बज्राचार्यले जानकारी दिए । यसका लागि बैंकका तोकिएका शाखा कार्यालयमा मंसिर १५ गतेसम्म कपडा उपलब्ध गराउन सकिने पनि उनले बताए ।
यसका लागि सांग्रिला डेभलपमेन्ट बैंकका काठमाडौं क्लस्टर अन्तर्गत बालुवाटार, कुमारीपाटी, न्यूरोड शाखा तथा चितवन सब क्लस्टर अन्तर्गत नारायणगढ, हेटौँडा, रजैया, अमरापुरी, टाँडी बट्टार, हाकिम चोक, वीजयनगर र कावासोती शाखामा कपडा संकलन भइरहेको छ । यस्तै, नेपालगञ्ज क्लस्टर अन्तर्गतका नेपालगञ्ज, कोहलपुर त्रिभुवनचोक, राँझा, गुलरिया, खजुरा, सानोश्री, भुरीगाउँ, जयनगर, राजापुर र सिमकोट शाखा तथा सुर्खेत सब क्लस्टर अन्तर्गत सुर्खेत र यारी चोक शाखा कार्यालयमा न्यानो कपडा संकलन भइरहेको छ ।
यसैगरी, दाङ सब क्लस्टर अन्तर्गत लमही, घोराही, तुलसीपुर, नारायणपुर, गढवा, सुलिचौर, भालुवाङ्, बुटवल सब क्लस्टर अन्तर्गत बुटवल, वीरगञ्ज सब क्लस्टर अन्तर्गत वीरगञ्ज र बयलबास शाखामा पनि न्यानो कपडा संकलन भइरहेको छ ।