काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस्तै अख्तियारले एक कन्सट्रक्सन कम्पनी प्रा.लि. उपर पनि मुद्दा दायर गरेको छ ।
उनीहरूले नदीजन्य पदार्थ उत्खननमा सम्झौता विपरीत बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व रकम असुल उपर गर्नुपर्नेमा सो नगरी राजस्व रकम हिनामिना गरेकोले भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।