
काठमाडौँ। विदेशबाट नेपालमा काम गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पाँच सय विदेशी नागरिकले श्रमिक स्वीकृति लिएका छन्।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार असोज मसान्तसम्म सो संख्यामा गैर नेपाली नागरिकले नयाँ श्रम स्वीकृति तथा नवीकरण लिएका हुन्।
असोज महिनासम्म १६५ विदेशीले नयाँ श्रम स्वीकृति लिएका छन्। असोजमा मात्र २८ विदेशीले श्रम स्वीकृति लिएको तथ्यांक छ। यस अवधिसम्म ३३५ जना गैर नेपाली नागरिकको श्रम स्वीकृति नवीकरण गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा भने ८९२ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए।
विभागका अनुसार सो आवमा १ हजार ६६७ जना विदेशी नागरिकको श्रम स्वीकृति नवीकरण भएको तथ्यांक छ।
नेपालमा निर्माण क्षेत्रको जिम्मा लिएका विदेशी निर्माण कम्पनीहरूमा आउने उच्च दक्ष तथा दक्ष प्राविधिकहरूले यस्तो श्रम स्वीकृति लिने गरेको पाइन्छ।