
कञ्चनपुर । जेन जेड आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म एक सय २४ जना कैदी बन्दी फिर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका चार सय ७९ कैदीबन्दीमध्ये एक सय तीन जनालाई कारागार फिर्ता गरिएको छ । “केहीलाई नियन्त्रणमा लिएर कारागारमा बुझायौँ, बुझाउँदैछौँ”, उनले भने, “केही आफैँ कारागारको सम्पर्कमा पुगेका हुन् ।” उनका अनुसार २१ जना कैदी बन्दी कारागारबाट भागेका थिएनन् । अझै तीन सय ५५ कैदी बन्दी फरार छन् ।
कारागारमा चार सय ५३ पुरुष र २६ महिला गरी चार सय ७९ कैदी बन्दी थिए । जसमा सबैभन्दा बढी एक सय ६९ जना लागुऔषधसम्बन्धी मुद्दाका थिए ।