
काठमाडौँ- पोखरामा जेनजीको प्रदर्शनका क्रममा ३० जना घाइते भएका छन्।
प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पोखराबाट रातोपाटीकर्मी प्रकाश ढकालले जानकारी दिए ।
सोमबार जेनजीहरुले सामाजिक सञ्जाल बन्दको विरोधका साथै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।