
काठमाडौं– संघीय संसद भवनलगायत कर्फ्यु जारी गरिएको क्षेत्रमा सुरक्षाका निम्ति नेपाली सेनालाई खटाइएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भइसकेको बताए।
जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि चार किल्ला कायम गरी कर्फ्यु आदेश जारी भएको थियो।
बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश छ।
ति क्षेत्रमा सेनाको टोलीले अब सुरक्षा निगरानी बढाउनेछ।