
काठमाडौँ- समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनले ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गरेकी छिन् ।
तीनदिने औपचारिक भ्रमणका लागि गत शनिवार काठमाडौँ आएकी उनले सोमबार दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन गरेकी हुन् ।
उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले दरबार क्षेत्र अवलोकन गराएका थिए । सो क्रममा विभिन्न अधिकारीहरूसँग सुआनले फोटोसुट पनि गरिन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।
भियतनामको तर्फबाट यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो । उपराष्ट्रपति
सुआन आजै स्वदेश फर्कँदै छिन् ।