जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागरमा छठ पर्व मनाउन धार्मिक अनुष्ठान सुरु गरेकी छन्। उनले शनिबार खरना विधि सम्पन्न गर्दै छठ पर्वका अनुष्ठान सुरु गरेकी हुन्।
छठ पर्व मनाउन जनकपुरधाम पुगेकी निकिताले पर्वका सबै धार्मिक विधि पूरा गर्ने कार्यक्रम रहेको छ। उनले जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोक निवासी नरेश साह र उनकी पत्नी लक्ष्मी देवीको निवासमा छठका परम्परागत अनुष्ठान गर्ने व्यवस्था मिलाइएको छ।
सोही निवासमा खरना विधिसहित छठका अन्य धार्मिक अनुष्ठान सम्पन्न गरिनेछ भने गंगासागर पोखरीमा छठ मनाउने कार्यक्रम रहेको छ।