काठमाडौं । दसैँको रौनकसँगै म्याक्स टाइगरको ‘दसैँ धमाका’ पनि रोमाञ्चक बन्दै गएको छ। कसैको हातमा मोटरसाइकलको चाबी परेको छ भने कसैले घरमै नयाँ स्कुटर पाउने खुसी साटिरहेका छन्। म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानले एकपछि अर्को उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ। अभियानअन्तर्गत हालसम्म पाँच जना भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन्। अझ रोचक कुरा, सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको विजेता घोषणा हुन बाँकी छ।
यसपटक भाग्यको चमक बुटवलदेखि धनगढीसम्म पुगेको छ। बुटवलका नरबहादुर ठोकरले यामाहा आर–१५ जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलका विजेता बनेका छन्। म्याक्स टाइगरसँग जोडिएको पुरस्कार जित्ने अवसरले दुवैका लागि यस वर्षको दसैँलाई विशेष बनाएको छ।
जीवनमै पहिलोपटक यति ठूलो पुरस्कार पाएका नरबहादुर ठोकरका लागि यो जित अविस्मरणीय बनेको छ। सामान्य रूपमा खरिद गरिएको एक क्यान इनर्जी ड्रिङ्कले उनलाई नयाँ स्कुटरको विजेता बनाएको छ। दसैँको उत्सवसँगै जोडिएको यो अप्रत्याशित खुसीले उनको चाडपर्वलाई थप यादगार बनाएको छ।
यसअघि नेपालका कुमार राज र धादिङका गल्छीका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए। त्यस्तै, सुर्खेतका किशोर जङ्ग शाह यामाहा आर–१५ जेडआर स्कुटरका विजेता बनेका थिए। पछिल्ला दुई विजेता थपिएसँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ।
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानमा पुरस्कारको आकर्षण अझै कायम छ। अभियानअन्तर्गत कुल १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा आर–१५ जेडआर स्कुटर जित्ने अवसर पाउनेछन्। यसबाहेक एक जना महाभाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्नेछन्।
पाँच जना विजेता सार्वजनिक भइसके पनि अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कार पुरस्कारका रूपमा बाँकी छन्। यसले आगामी विजेता को बन्ला भन्ने उत्सुकता थप बढाएको छ।
बनेपादेखि बुटवल, धादिङदेखि धनगढी र सुर्खेतसम्म पुगेको म्याक्स टाइगरको पुरस्कार अभियानले विभिन्न स्थानका उपभोक्ताको दसैँमा नयाँ उत्साह थपेको छ। एकपछि अर्को विजेता सार्वजनिक भइरहँदा अभियानप्रति उपभोक्ताको आकर्षण पनि बढ्दै गएको कम्पनीले जनाएको छ।
दसैँको उत्साहलाई ऊर्जा र आकर्षक पुरस्कारसँग जोड्ने उद्देश्यले सुरु गरिएको यस अभियानले उपभोक्तालाई चाडपर्व मनाउने थप अवसर प्रदान गरिरहेको छ। स्कुटर र मोटरसाइकलका विजेतासँगै सबैको प्रतीक्षामा रहेको प्रोटोन कारको बम्पर पुरस्कारले आगामी दिनमा अभियानलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
हरेक क्यानमा ऊर्जा, हरेक जितमा नयाँ उत्साह! म्याक्स टाइगरको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ ले उपभोक्ताका लागि दसैँलाई पुरस्कार, खुसी र अविस्मरणीय अनुभवको उत्सव बनाइरहेको छ।