काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला २५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।