काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घटेको हो।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ घटेर २ लाख ९५ हजार ३०० रुपैयाँमा झरेको थियो।
त्यसअघि आइतबार भने सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो। यससँगै पछिल्ला दुई दिनमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँ कायम भएको थियो। त्यसअघि आइतबार भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको थियो।