बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । पुर्चौंडी नगरपालिका–६ छडाखोलामा सडक माथिबाट पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो ।
स्थानीय हिक्मत धानुकका अनुसार आज बिहान सडक माथिबाट पहिरो खसेपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो । लगातार भइरहेको वर्षाका कारण पहिरो खसेपछि सडकमा यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएको छ ।