काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–९ स्थित डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार मृत्यु हुनेमा धुलिखेल नगरपालिका–९ ठूलीटारका ५७ वर्षीय हीरालाल रहेका छन् ।
खोलाले बगाएपछि उनको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।