काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ८०५ रुपैयाँ पुगेको थियो भने आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ कायम भएको थियो ।