काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १०५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ७५० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ।