काठमाडौं । सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै भोलि शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले भदौ २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यससँगै भदौ १९ गते गौरा पर्व तथा श्रीकृष्ण जन्माष्टमी, भदौ २० गते शनिबार, २१ गते आइतबार, २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा शोक बिदा र २३ गते गत वर्षको जेनजी आन्दोलनका शहीदको सम्मानमा सार्वजनिक बिदा हुनेछ।
यसअनुसार भदौ १९ देखि २३ गतेसम्म लगातार पाँच दिन सरकारी तथा सार्वजनिक निकाय बन्द रहनेछन्।