काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँ थियो।
महासंघका अनुसार आज सुनको मूल्य १० ग्राममा २ लाख ५४ हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदी आज १ सय ८५ रुपैयाँले घटेर ४ हजार ५ सय ८० रुपैयाँमा झरेको छ।
आज चाँदीको मूल्य १० ग्राममा ३ हजार ९ सय २७ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।