काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार चार सयले घटेको छ भने चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख १८ हजार ५०० मा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने प्रतितोला रु चार हजार ९६५ कायम छ।
बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ९०० मा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य प्रतितोला रु चार हजार ९६५ नै थियो।