वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले नेपाललाई सहयोग गर्न अमेरिका तयार रहेको बताएका हुन्।
‘नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार छ,’ ट्रम्पलाई उद्धृत गर्दै एनबीसी न्यूजले जनाएको छ।
ट्रम्पले भोटेकोशी बाढीबाट नेपालमा भएको क्षतिबारे नेपाली अधिकारीहरूसँग जानकारी लिएपछि सहयोगका लागि अमेरिका तत्पर रहेको जानकारी गराएको बताएका छन्।