काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।
सामाजिक सञ्जाल ‘एक्स’मार्फत सन्देश जारी गर्दै रुबियोले विपद्को यस कठिन घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको बताएका हुन्।
‘विनाशकारी बाढीपछि हामी नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दछौँ र हाम्रो प्रार्थना नेपाली जनताको साथमा छ,’ उनले भनेका छन्।
रुबियोले बाढीबाट प्रभावित नेपालीलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन अमेरिकी विदेश मन्त्रालय नेपाल सरकारलाई सहयोग गर्न तयार रहेकोसमेत स्पष्ट पारेका छन्।