काठमाडौँ । काठमाडौँबाट प्रहरीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार महोत्तरीबाट काठमाडौँ आउँदै गरेको बसमा सवार सिरहाको कर्जन्हा नगरपालिका–३ का २४ वर्षीय समीर लामालाई आज बिहान ३३ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो।
घटनाको अनुसन्धानका क्रममा उक्त लागुऔषध रिसिभ गर्न आएको आरोपमा सिरहाको त्रियुगा नगरपालिका–१२ का २८ वर्षीय जीवन लामालाई पनि नागार्जुन नगरपालिका–१४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा पठाइएको प्रहरीले जानकारी दिएको छ।