काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ।
बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ मा कारोबार भएको थियो।
यस्तै, सुनको मूल्य १० ग्राममा आज २ लाख ४४ हजार ३४० रुपैयाँ पुगेको छ। बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ रहेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको थियो।