सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समुदायबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले जिल्लाको दक्षिणी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज क्षेत्रअन्तर्गतका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको जनाएको छ।
प्रशासनका अनुसार कर्फ्यु आइतबार बिहान ७ बजेदेखि लागू भएको हो। कर्फ्यु अवधिभर हिँडडुल, भेला, जुलुस तथा सभा–सम्मेलनलगायत सबै गतिविधिमा रोक लगाइएको छ।