हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुषको शव फेला परेको छ।
मकवानपुर प्रहरीका अनुसार घटनास्थल वरपर रगत देखिएपछि अनुसन्धान तीव्र पार्न प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ।
मृतक थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेको प्रहरीले जनाएको छ। घटनाबारे उनका परिवारलाई जानकारी गराइसकिएको छ।
आज बिहान करिब साढे ८ बजे बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।