चितवन – जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा झण्डै सात हजार ८७६ दशमलव ४०० मेट्रिकटन रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुरका अनुसार उक्त अवधिमा युरिया, डिएपी, पोटास तथा कृषि चुन गरी कुल ७ हजार ८७६ दशमलव ४०० मेट्रिकटन बिक्री गरिएको हो।
शाखा प्रबन्धक राजन बगालेका अनुसार किसानको मागअनुसार विभिन्न प्रकारका रासायनिक मल र कृषि चुन उपलब्ध गराउँदै बिक्री गरिएको हो।