काठमाडौं- प्रहरीले काठमाडौंको कुलेश्वरमा आइतबार दिउँसो गोली हाने दुईजनालाई पक्राउ गरेको छ। यसरी लागुऔषधसहित समातिएकामध्ये एकजना भारतीय र अर्का नेपाली छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोका इन्स्पेक्टर राकेश यादवसहितको टोलीले कुलेश्वरको पुलनजिक दुई राउन्ड गोली हानेर उनीहरूलाई पक्राउ गरेको हो ।
यी भारतीय र नेपाली नागरिकबाट प्रहरीले ठूलो मात्रामा औषधिजन्य लागुऔषध बरामद गरेको छ ।