काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँ रहेको थियो।