काठमाडौं- राजधानीको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
गम्भीर रूपमा घाइते भएका राउतको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो। अस्पतालका अनुसार उपचारकै क्रममा उनको मृत्यु भएको हो।
आत्मदाहको प्रयासका कारण राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो, जसका कारण उनको अवस्था अत्यन्त गम्भीर बनेको थियो।