काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा काठमाडौँस्थित केन्द्रीय कारागारबाट फरार भएका एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रामलाल योञ्जन (रमन)लाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार योन्जन गत २०८२ भदौ २४ गते जेन जेड आन्दोलनका क्रममा जगन्नाथ देवलस्थित (सुन्धारा) केन्द्रीय कारागार काठमाडौँबाट फरार भएका थिए । उनी डाँका चोरी मुद्दामा कारागार चलान भएका थिए ।
फरार भएपछि उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । सोही क्रममा सर्लाहीमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई गत शुक्रबार साँझ पक्राउ गरिएको हो ।