काठमाडौँ । सडक पेटी आश्रित दृष्टिविहीन नागरिकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। काठमाडौँ महानगरले सडक पेटी, मठमन्दिर र चोकहरूमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरूले सोमबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
राज्यले दृष्टिविहीनहरूलाई सडक पेटीमा मर्यादित रूपमा गरी खान दिनुपर्ने, योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। राज्यले आफूहरूलाई रोजगार दिन नसकेको खण्डमा बेरोजगार भत्ता बापत प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्नेसमेत माग छ।