काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ पशुपतिस्थित १५ नम्बर शिवालयमा हत्या गरी फरार रहेका एक जना महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ । पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ का दर्बेनाथ भन्ने सुविन रानामगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २०८२ फागुन ६ गते पशुपतिमा सङ्खुवासभाका सन्तोष गिरी भन्ने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धानका क्रममा हत्यामा संलग्न भएको आरोपमा रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका-६ बाट पक्राउ गरिएको हो। हाल पक्राउ परेका रानामगरलाई काठमाडौँ ल्याई थप अनुसन्धान गरिरहेको छ ।