काठमाडौँ । नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा गरेको हो । सरुवा भएका इन्स्पेक्टरहरूमध्ये केही काजमा रहेका छन् ।
सरुवा भएका सबैको तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउनेछन् ।