काठमाडौँ । ललितपुरस्थित गोदावरी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको सरकारी गाडी चोरी भएको छ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का चढ्ने बा.२ झ १८७८ नम्बरको स्कोर्पियो गाडी गए राति चोरी भएको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताए ।
प्रवक्ता सिलवालका अनुसार गाडी वडा नं. १२ मा चालकको घर बाहिर पार्किङ गरिएको अवस्थामा थियो। सोही स्थानबाट गए राति करिब २ बजेदेखि ३ बजेको बीचमा गाडी चोरी भएको अनुमान गरिएको छ।
घटनापछि तत्काल प्रहरीलाई जानकारी गराइएको र हाल अनुसन्धान जारी रहेको उनले बताए। गाडीका साथमा चालकको घरका केही अन्य सामान पनि चोरी भएको नगरपालिकाले जनाएको छ ।
यता प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाइसकेको छ ।