काठमाडौँ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनमा लुकाइछिपाइ राखिएका तीन थान अवैध भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गोप्य सूचनाका आधारमा वन क्षेत्रमा खोजतलास गर्दा बेवारिसे अवस्थामा बन्दुक भेटिएको हो । फेला परेका बन्दुक कसले र किन त्यहाँ राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।