सर्लाही । बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट एकनाले भरुवा बन्दुक १ थान, बारुद करिब १ सय ग्राम र फलामको छर्रा ८० थानसहित एक जना पक्राउ परेका छन् ।
बागमती नगरपालिका-२ सुकुम्वासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।