काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार भने सुन प्रतितोला २ लाख ९२ हजारमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।