काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा तीन हजार तीन सय रुपैयाँले घटेर दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार भने सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेर चार हजार ९६० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।