काभ्रेको नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह - जे देख्छ, त्यहि लेख्छ | KTM Dainik
काभ्रेको नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
केटिएम दैनिक
बुधवार, जेठ ६ २०८३
293
SHARES
काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकाले वडा नम्बर-२ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।
नगरपालिकाले नमुना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौँमा परीक्षणका लागि पठाइएको थियो । ‘प्रयोगशालाबाट आएको परीक्षण नतिजाअनुसार ‘लो प्याथोजेनिक एच–९’ प्रकारको बर्डफ्लु पुष्टि भएको छ,’ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले भने
नगरपालिकाले सूचना निकालेर बर्डफ्लु रोगबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न तथा संक्रमण फैलिन नदिन सबै सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।