काठमाडौँ । काठमाडौँको बौद्धबाट १२ केजी लागुऔषध बरामद गरिएको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले एक थान पेस्तोल र एक थान एयरगनसहित ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेपछि अनुसन्धान गर्दा उनीहरूसँग हतियार पनि रहेको खुलेको थियो ।बौद्ध स्थित जबमुडाँडाको फोहोर मैला संकलन केन्द्रमा लुकाएर राखेको अवस्थामा एउटा पेस्तोल र एउटा एयरगन बरामद गरिएको हो ।
प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका विनोद अधिकारी, विकाश सुनुवार, सुदिप परियार र सक्सन दोर्जे लामा लगायत छन् । हाल उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।