काठमाडौँ । ठूलो परिणाममा लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।
धनकुटाका साङगुरीगढी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय महा प्रसाद लिम्बू र मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ का ४७ वर्षीय बल बहादुर लिम्बू एक सय ४१ किलो गाँजासहित बिहीबार सप्तरी प्रहरीले पक्राउ गरेको हो।
पूर्वपश्चिम राजमार्गको खडक नगरपालिका वडा नम्बर ५ रन्जितपुर खण्डमा सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
धरानबाट लहानतर्फ जाँदै गरेको को १ च २६६७ नम्बरको पिकअप भ्यानलाई शङ्का लागेर खानतलासी गर्दा भित्र लुकाएर राखिएको १४ पोकामा कुल १४१ किलो गाँजा फेला परेको थियो ।
हाल पिकअप भ्यानसहित दुवै जनालाई नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।