पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्लाका छ वटा विद्यालयको नतिजा ‘ननग्रेडेड’ आएको छ ।
एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षामा ननग्रेडेड भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लामा नियमिततर्फ साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक हजार ३४ जना ‘ग्रेडेड’ भएका छन् ।
जुन कूल सङ्ख्याको ४९ प्रतिशत हो । यस्तै प्राविधिक धारतर्फ १२२ जना विद्यार्थी परीक्षामा सामेल भएकामा ६२ जना ग्रेडेड भएका छन् । जिल्लामा दुई जना विद्यार्थी चार जिपीएसहित ग्रेडेड भएका छन् ।